मास्क नलगाउनेलाई कानूनी कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

पत्रपत्रिकाबाट
१२ चैत्र २०७७, बिहीबार ०८:५४

चैत्र, काठमाण्डौ – सर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई हिँडेको पाएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निर्णयका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरस कोभिड–१९० संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमूना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । ती मध्ये मंगलवार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ ।

हाल देशभर १ हजार १२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*