नेपाल पुलिसलाई हराउँदै संकटा सेमिफाईनलमा, आज एपिएफ र बागमती भिड्दै
चैत्र, हेटौडा – हेटौंडामा जारी स्थानिय सहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा शनिबार नेपाल पुलिसलाई हराउँदै संकटा क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।
हेटौंडा–१० वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा अफ्रिकी खेलाडी आको लेहोले खेलको ३१ औं मिनेटमा गरेको गोल नै संकटाको लागि जितको निर्णायक गोल बन्यो । जितसंगै संकटा क्लव सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
खेलमा संकटा क्लवका नितिन थापा म्यान अफ दि म्याच घोषित बने । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे । आज आईतबार नेपाल एपिएफ क्लव र बागमती युवा क्लव सर्लाहीबिच खेल हुने आयोजकले जनाएको छ ।