कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

तामसालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार ०६:५४

फाल्गुन, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ । तालिका अनुसार पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा हुने छ ।

जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्स लगायतका विषयको परीक्षा हुनेछ । फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्ट लगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गते सम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

परीक्षा तालिका हेर्नुहोस् –

Exam Routine of Class 12

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*