माओवादी नेतालाई एमालेमा २० प्रतिशत हिस्सा

बादललाई वामदेवपछिको वरीयतामा राख्ने तयारी
ताम्सालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार ११:०२

फाल्गुन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै आएका माओवादी केन्द्र नेताहरु एमालेमा रहने अवस्थामा २० प्रतिशत हिस्सा दिने निर्णय गरेको छ ।

नेकपा एमालेले विघटित नेकपाको विभाजनमा ओलीलाई साथ दिएका माओवादी केन्द्रका नेता कार्यकर्तालाई पार्टीको सबै तहमा सम्मानजक रुपमा समायोजन गर्ने भएको हो ।

प्रधामनमन्त्री निवास बालुवाटारमा एमाले र ओलीलाई समर्थन गर्दै आएका माओवादी केन्द्रका नेताहरुबीचको छलफलपछि सबै कमिटीमा समायोजनको मोडालिटी बनाइने तयारी भएको छ ।

माओवादी स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रदेश २ का अध्यक्ष प्रभु साह लगायतका मन्त्रीहरूसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले छलफल गरिरहेका छन् ।

नेकपा विभाजनसँगै केन्द्रदेखि स्थानीय तहसम्म उल्लेख्य संख्यामा माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी विभाजनसँगै ओली पक्षमा लागेकाले उनीहरूको व्यवस्थापनमा उदारता देखाइने एमालेले जनाएको छ । अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्र छाडेर एमालेमा आउन वार्ता भइरहेको एमाले स्रोतले जनाएको छ ।

सबैलाई चित्त बुझ्ने गरी समायोजन गरेर अगाडि बढ्ने तयारी गरिरहेको एमालेले जनाएको छ । माओवादी केन्द्र छाडेर आउनेहरुलाई एमालेको विधानअनुसार अर्को पार्टी एकताबाट आउनेको लागि व्यवस्था भएअनुसार २० प्रतिशतसम्म केन्द्रीय कमिटी सदस्य बनाइने एमाले स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार रामबहादुर थापा‘बादल’लाई उपाध्यक्ष बनाएर टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलाई स्थायी कमिटीमा समायोजन गर्ने तयारी भइरहेको छ ।

विधानमा उल्लेखित ७० वर्ष पुगेका नेताले कार्यकारी जिम्मेवारीबाट बिदा हुनुपर्ने विषयलाई माधव नेपाल पक्षले उठाउन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*