खुशी हुँदै ऋषि कट्टेलले भने, ‘मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

तामसालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार १२:४७

फाल्गुन, काठमाडौं – नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

यसअघि आयोगमा कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको पार्टी दर्ता थियो । तर तत्कालीन एमाले र माओवादी केन्द्र एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखेर आयोगमा दर्ता गरेका थिए ।

त्यसविरुद्ध कट्टेल सर्वोच्च गएका थिए । आइतबार त्यसैको फैसला सुनाएको हो । फैसलापछि कट्टेलले आफुले पहिल्यै नाम नजुधाउन आग्रह गर्दा उनीहरुले (ओली–प्रचड) ले नमानेको भन्दै तर अहिले न्याय पाएको प्रतिक्रिया दिए ।

‘मैले पहिल्यै नाम नजुधाउनु भनेको थिएँ, जुधाए । मलाई जर्बजस्ती पेल्न खोजेका थिए । तर, सर्वोच्चले खारेज गरिदियो । मलाई त चित्त बुझ्ने नै भयो’, खुसी हुदै कट्टेलले भने, ‘उनीहरुले पनि निकास पाए, सास फेरे ठिकै भयो ।’ उनले ३ बर्षसम्म आफ्नो पार्टीको प्रचार गरिदिएकोमा ओली प्रचण्डलाई धन्यवाद दिए ।

‘मलाई त धेरै फाइदा भयो नि । नाम राखेदेखि सवै मिडियाले कोअपरेट पनि गरिदिए । तर अहिले सरकार पक्ष हार्यो । राष्ट्रिय विषय बन्यो । हाम्रो पार्टीलाई देशभरका मान्छेले चिन्ने मौका पाए । हाम्रै प्रचार गरिदिए,’ कट्टेलको भनाइ छ ।

उनले अव मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्दै अघि बढ्ने प्रयास गर्ने पनि बताए । ‘हाम्रो उद्देश्य नै जनक्रान्तिको साधन, संयुक्त सरकारको साधन र पार्टी एकताको आधार भनेर सैद्धान्तिकरण गरेका छौँ । अब त्यसलाई कति लान सकिन्छ त्यो पछिको कुरा हो’, अध्यक्ष कट्टेलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*