कांग्रेस र जसपासँग मिलेर सरकार बनाउन तयार छौँ – नेता माधव नेपाल

तामसालिङ खबर
२१ फाल्गुन २०७७, शुक्रबार ०६:१९

फाल्गुन, काठमाडौँ – नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् ।

आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने पनि नेता नेपालले बताए । यस्तै प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । प्रतिगमन विरुद्ध संघर्षका लागि नेपालले कांग्रेस, जसपा लगायत पार्टीलाई पनि आह्वान गरेका छन् ।

‘बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं । हामी सबै विकल्पमा खुला छौं ’ नेता नेपालले बताए । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*