विप्लवमथिकाे प्रतिबन्ध फुकुवा, प्रधानमन्त्री र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

तामसालिङ खबर
२१ फाल्गुन २०७७, शुक्रबार ०५:३१

फाल्गुन, काठमाडाैं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

सहमति आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह लाई आज दिउँसाे २ बजे प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ‘विप्लव’ समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सरकारले आतंककारी गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*