बकैयामा कोभिड–१९ बिरुद्धको खोप लगाउने तयारी

ताम्सालिङ खबर
२१ फाल्गुन २०७७, शुक्रबार ०५:१५

फाल्गुन, हेटौंडा – कोभिड–१९ बिरुद्धको खोप अभियान अन्तर्गत अबको चरणमा बकैयाका १ हजार ५ सय जनालाई कोभिसिल्ड खोप लगाउने तयारी भएको छ । जसमा बृद्धबृद्धा र दीर्घरोगीलाई प्राथमिकता दिइने गरी योजना बनाइएको छ ।

गाउँपालिका स्थित बिहिबार गाउँपालिका स्तरीय खोप समितिको छलफलमा समितिका सदस्यहरुलाई खोप अभियानबारे जानकारी दिईएको हो । यही फागुन २३ र २४ गते वडाका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र रहने गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट मान्यत प्राप्त कोभिसिल्ड भ्याक्सिन लगाइने बताइएको छ ।

स्वास्थ्यकर्मी र सफाई कर्मचारीबाट सुरु भएको पहिलो चरणको खोप अभियान निजामति कर्मचारी हुँदै सरकारले अब जनस्तरमा लगेको हो । अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको उक्त खोप इन्डियन कम्पनीले बनाएको हो । सर्वसाधारणमा पनि यस चरणमा ५५ वर्ष माथिका दीर्घरोगी र ६० वर्षभन्दा माथिका सबैलाई लगाइनेछ ।

उक्त समूहमा कोभिड–१९ को जोखिम उच्च हुने भन्दै सरकारले हालको अभियानमा सो समूहलाई लक्षित गरेको छतिवन प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा. युवराज पाण्डेले जानकारी दिए । यसको प्रयोगपछि देखिने लक्षणबारे जानकारी दिँदै उनले २/३ दिन सामान्य असर देखिन सक्ने बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोप केन्द्रहरुमा आवश्यक सहयोगका लागि दक्ष स्वास्थ्यकर्मीहरुको व्यवस्थापन हुने भएकोले ढुक्क भएर खोप लगाउन पनि उनले आग्रह गरे ।

सरकारले ३ देखि ९ दिनसम्म यस अभियान चलाउने तयारी गरेपनि बकैयामा जम्मा १ हजार ५ सय जनालाई मात्र पुग्ने खोप प्राप्त भएकोले २ दिन खोप अभियान चल्ने गाउँपालिका स्तरीय खोप समितिका संयोजक तथा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*