नेकपा नेता अष्टलक्ष्मी शाक्य सहित नेता-कार्यकर्ता पक्राउ

ताम्सालिङ खबर
२२ माघ २०७७, बिहीबार ०८:२१

माघ, काठडमाडाैँ – नेकपा प्रचण्ड-माधव पक्षले आज आह्वान गरेकाे आमहड्तालका क्रममा बिहानैदेखि त्यस समूहका नेता कार्यकर्तामाथि धरपकड भएकाे छ । नेकपा स्थायी कमिटी सदस्य रहेकी बागमती प्रदेशको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य लगायत केही नेता-कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् ।

नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले शाक्य सहितका नेतामाथि प्रहरिले एकाबिहानै धरपकड गरेकाे जानकारी दिए । सडकमा बाक्लाे संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । साे क्रममा कलंकलीबाट मात्रै एक दर्जन बढी नेता-कार्यकर्ता पक्राउ परेकाे बताइएकाे छ ।

यस सँगै काठमाडौं उपत्यकाका सामाखुसी, चक्रपथ, बानेश्वर लगायत विभिन्न स्थानमा बन्द-हड्ताल गराउँदै हिँडेका त्यस समूहका नेता कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिइरहेकाे छ ।

बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*