बागमती प्रदेश सभामुख श्रेष्ठ पदीय दायित्व र मर्यादाबाट चिप्लिए – नेता दुलाल

तामसालिङ खबर
२० माघ २०७७, मंगलवार ०९:२४

माघ, हेटौंडा – नेकपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवाराज दुलालले वाग्मती सरकार कानुन विपरीत चलिरहेको आरोप लगाएका छन् ।

सोमबार बस्ने भनिएको प्रदेशसभा बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरेपछि दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् । अल्पमतमा काुन विपरीत चलिरहेको सरकार जोगाउन सभामुख सानुकुमार श्रेष्ठ पनि लागेको भन्दै उनले आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै नेता दुलालले सभामुख समेत आफ्नो पदीय दायित्व र मर्यादाबाट चिप्लिनु दुखद भएके उल्लेख गरेका छन् । सरकारसंग नेकपाका ३३ सासंदको मात्र समर्थन छ, जुन एक तिहाइ भन्दा कम भएको दुलालले बताएका छन् ।

href=”https://www.facebook.com/yubaraj.dulal.7/posts/10222114826971110″ data-width=”100%” data-show-text=”false”>

‘कानून बमोजिम अविश्वास प्रस्ताव दर्ता भइसकेपछि वा विश्वासको मत ३० दिन भित्र लिनुपर्ने व्यबस्था छ । तर आज ४०दिन बितिसक्दा पनि सरकार षडयन्त्र गरेर सभामुख मार्फत प्रदेशसभाको बैठक स्थगित गराउदै निर्लज्ज÷निर्वस्त्र राष्ट्रको झण्डा हल्लाएर हिँडिरहेका छन् ।’– दुलालले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*