अविश्वास प्रस्ताव छल्न प्रदेशसभा बैठक स्थगित गरिएकाे भन्दै नाराबाजी

तामसालिङ खबर
२० माघ २०७७, मंगलवार ०५:४३

माघ, हेटौंडा – बागमती प्रदेशसभाको बैठक स्थगित गरिएपछि बैठक बोलाउन माग गर्दै नेकपा प्रचण्ड-माधव समूहले प्रदर्शन गरेकाे छ । उक्त समूहले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गर्दै विराेध प्रदर्शन गरेकाे हाे ।

सोमबारका लागि यसअघि नै तय गरिएकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर अविश्वास प्रस्ताव छल्ने उद्देश्यले अचानक सूचना टाँसेर प्रदेशसभा स्थगित गरिएपछि नेकपा प्रचण्ड-माधव समूह विराेधमा उत्रिकाे हाे । उक्त समूहले विनाकारण बैठक स्थगित गरिएको भन्दै नाराबाजी गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा समेत माग गरे । ‘अल्पमतको सरकार राजीनामा दे’ लगायतका नारा लगाउँदै प्रदेशसभाअगाडि प्रदर्शन भएकाे हाे । उनीहरूले प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेका छन् ।

दाहाल-नेपाल पक्षको प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेश सरकार अल्पमतमा परिसकेकाले अविश्वासको प्रस्ताव अघि बढाउनुपर्ने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*