मकवानपुर कोरिया मञ्चकाे अध्यक्षमा सुर्य रुम्बा चयन, महासचिवमा शुभराज भोम्जन

जुम भर्चुअल माध्यमबाट भएको आठौ अधिवेशनबाट २५ सदस्यीय कार्य समिति चयन
ताम्सालिङ खबर
१९ माघ २०७७, सोमबार ०९:०९

माघ, दक्षिण कोरिया – मकवानपुर कोरिया मञ्चको अध्यक्षमा सुर्य रुम्बा चयन भएका छन् । आइतबार जुम भर्चुअल माध्यमबाट भएको आठौ अधिवेशनबाट सुर्य रुम्बाको नेतृत्वमा २५ सदस्यीय कार्य समिति चयन भएको हो ।

मञ्चकाे वरिष्ठ उपाध्यक्षमा सुर्य स्याङ्बो, उपाध्यक्षद्वयमा आनन्द लामा, अन्जीत लोप्चन, महासचिवमा शुभराज भोम्जन, सचिबमा बिक्रम बज्यु, राम कार्की, कोषाध्यक्षमा सरस्वती पुडासैनी र सहकोषाध्यक्षमा सन्त लुङ्बा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सुरज थिङ, करप रुम्बा, शिशिर पाख्रिन, अच्युत तिमल्सिना, सबिन घलान, इश्वर सन्जेल, उदय दोङ, जगत वाइबा, अनिता रुम्बा, राम थोकर, कमला पुडासैनी(गुरुङ), लक्ष्मण थोकर, सुमन सिङ्तान लगायतका रहेका छन् ।

हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको अधिबेशनमा नेपाली दुतावास कोरियाकी श्रम सहचारी रमा भट्टराई, एमटियु कोरियाका अध्यक्ष उदय राई, नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पा, पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष रन्जनराज कुँवर, एनआरएनए कोरियाका उपाध्यक्षद्वय यदु लामिछाने र सोम तामाङ, एनआरएनए मानार्थ केन्द्रीय सदस्य जुनु गुरुङ, बागमती प्रदेश एकता समाजका अध्यक्ष किशोर ब्लोन, तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा, प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाका अध्यक्ष दिलिप धिताल, नेपाली जनसम्पर्क मन्च दक्षिण कोरियाका उप सभापति जितेन्द्र महत, जसपा नेपाल दक्षिण कोरियाका अध्यक्ष दर्पण गुरुङ लगायतका विशेष आतिथ्यता रहेको थियो ।

अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपमेयर लामाले प्रवासी नेपालीहरुको मेहनतले नै मुलुकको आर्थिक भार थेग्दै आएको बताइन् । उनले प्रवासमा रहेका हरेक नेपालीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*