१३ औं सस्करणको मिस तामाङ प्रतियोगिता हुने
पुस, काठमाडौँ – तामाङ भाषा, धर्म, संस्कार र संस्कृति उथान प्रबर्द्धन र सम्बर्द्धन गर्ने र महिला सशक्तीकरण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १३ औं सस्करणको मिस तामाङ प्रतियोगिता हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ सोनाम ल्होछारको अवसरमा “मिस तामाङ २०२१” हुने भएको हो ।
एभरेष्ट फेसन होमको आयोजनामा यही फागुन १५ गते होटल र्याडिसनमा हुने भएको छ । प्रतियोगिताको लागि यहीँ माघ ९ गते भित्रमा फम बुझाइ सक्नुपर्ने अध्यक्ष रन्जिता लामाले बताउनु भयो ।
प्रतियोगितामा सहभागीता हुनका लागि १६ वर्ष देखि २८ वर्ष नकटेको हुनु पर्नेछ भने कम्तिमा ५ फिट उचाई र एस. एल. सी. सम्मको शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने आयोजकले मापदण्ड तोकिएको छ ।
मिस तामाङ २०२१ को बिजेता, फस्ट् रनर अप, सेकन्ड रनरअप, र १० जनालाई सभ टाइटल बिजेतालाई समेत अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।