एकताको लागि नेकपाको नयाँ समिति घोषणा गर्दै गौतम

ताम्सालिङ खबर
१७ पुष २०७७, शुक्रबार ०७:५६

पुस, काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा एकताको काम सिद्दिन भन्दा पहिलेनै बिभाजन भैसकेको छ । कानुनी रुपमा बिभाजन नभएपनि राजनैतिक रुपमा बिभाजन भैसकेको नेताहरू नै बताउँछन् ।

प्रचण्ड-नेपाल समुहको कार्यक्रममा केपि ओलि समुहलाई खुइल्याउने र केपि ओलि समूह प्रचण्ड-माधब समुहलाइ सार्बजनिक रुपमा नै खुइल्याउने दिशामा अघि बढिरहेका छन् ।

उता नेकपा उपाध्यक्ष समेत रहेका वरिष्ठ नेता बामदेब पौडेल भने बिभाजन भन्दा बाहिर नै छन् । उनी कुनै पनि गुटमा लागेर फुटको साक्षी बन्न नसक्ने बताइरहेका छन् । अर्थात कुनैपनि कित्तामा उनी खुलेका छैनन् । उनी दुबै समुहका नेताहरू लाई भेट्दै आफू अझै पनि एकताको पहल गरिरहेको र एकताको ठाउँ राख्ने गरि कार्यक्रम गर्न आग्रह गरिरहेका छन् ।

नेपालमा बिधमान रहेको कानुन कुनैपनि दल एकता भएको पाँचबर्ष सम्म बिघटन गर्न पाइदैन भन्ने हरफ लाई उनले समातेका छन् ।बामदेब गौतम निकट स्रोतका अनुसार बामदेब गौतम भने एकताको लागि पहलकदमी लिन एकता समिति घोषणा गर्ने तयारीमा रहेका छन् ।

उनले यसै सातासम्म एकता समिति घोषणा गर्ने तयारी गरिरहेका छन् । उनले फुट बाट जोगाउन अन्तिम प्रयासका लागि एकता समिति गठन गर्न लागेका हुन् ।

तर दुबै समूह आफ्नै तरिकाले हिड्दा एकताको कुनै सम्भावना नरहेको बिश्लेषक हरु र नेकपाका वरिष्ठ नेताहरू नै बताउदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*