मंसिर २७ गतेबाट मनहरीमा तेस्रो अध्यक्ष कप प्रतियोगिता हुने
मंसिर, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकामा यही मंसिर २७ गतेबाट तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार गाउपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै मनहरी गाउपालिका खेलकुद विकास समितिले मनहरी ७, मा रहेको प्रस्तावित मदन भण्डारी स्मृति रंगशालाको खेलमैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिताको बारे जानकारी गराइएको थियो ।
नकआउट चरणमा हुने प्रतियोगितामा गाउपालिकाको ९ वडाको नौ टीम सहभागी हुने समितिका अध्यक्ष नबीन सुबेदिले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता सन्चालनका लागि ७ लाख १७ हजार खर्च अनुमान गरिएको बताउनुभयो ।
प्रतियोगिताको बिजेता र उपबिजेतालाई क्रमशः १ लाख र ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बिभिन्न बिधाहरुमा पनि उत्कृष्ट हुनेलाई नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक वडाको टीमबाट सहभागी खेलाडी सोहि वडाकै बासिन्दा हुनुपर्ने अध्यक्ष सुबेदीले बताउनु भयो ।
त्यस्तै, गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउपालिकाले स्थानीय खेल र खेलाडीलाई प्रोत्साहन गरि बिभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा मनहरी गााउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत देवराज चौलागाई, नेकपा मनहरीका सचिब हेमलाल उप्रेती, समाजसेवी चन्द्रबहादुर राई, समितिका दिपेन्द्र अधिकारी, बिशाल लामा, शोलाल लामा, पुकार सुबेदी, इमान सिङ थिङ लगायतको उपस्थिति रहेको थियो ।