जंगली हात्तीले धानबाली नष्ट गरेपछि कृषक चिन्तित

तामसालिङ खबर
४ आश्विन २०७७, आईतवार ०५:५७

असोज, चितवन – विगत केही दिन यता राप्ती ३ अन्तर्गत पर्ने पर्सौनिका अधिकांश कृषकको धानबाली जंगली हात्तिले सखाप पार्दै आएको छ । रातिको समयमा ३/४ वटा जंगली हात्ती खेतमा प्रबेश गरि बाला लगाइसकेको धानबाली नस्ट गर्दै आएका कारण धेरै कृषक यतिखेर चिन्तित छन ।

कङ्कृट वाल निर्माणका लागि प्रदेशको भुमी ब्यबस्था तथा कृषि मन्त्रालयबाट गत ७५/७६ को बिनियोजित बजेट मध्यको १४ करोडको काम हुन ढिलाइ भएपछि पर्सौनिका कृषकहरुलाइ यो समस्या परेको हो । हरेक राती जङ्गली हात्ती धानबालिमा प्रबेश गरि धान खाने ,माड्ने आदि गर्दै आएको छ भने बस्ती भित्रका मानबको जीवनमा पनि उत्तिकै त्रास छाएको छ ।

शनिबार स्थानीय तथा सम्बन्धित निकाएमा पिडितहरुको गुनासो आए लगतै लोथर उपभोक्ता समिती राप्ती १ का अध्यक्ष मान बहादुर स्याङ्बो, राप्ती नगरपालिकाका कृषि शाखा अधिकृत बिजय डल्लाकोटि ,रेन्जर राम कुवर ,शान्ती सामुदायिक बन उपभोक्ता समूह राप्ती ३ का अध्यक्ष ज्ञान बहादुर राई,प्रकाश उप्रेती र बन्यजन्तु चोरिशिकारी नियन्त्रणका अध्यक्ष हरि बहादुर घिमिरे लगायतले नस्ट गरेको धानको अबलोकन गरेका छन ।

अबलोकन पछि आम किसानहरुको समस्यामा चिन्ता ब्यक्त गर्दै जंगली जनावरको प्रवेश खेतबारि र गाउबस्तिमा रोक्न तत्काल कङ्कृट वाल निर्माणका लागि सम्बन्धित निकायलाइ घचघचाउने लोथर उपभोक्ता समिती (बफर्जन) का अध्यक्ष मान बहादुर स्याङ्बोले बताए ।

त्यस्तै यस क्षतिलाइ सम्बोधन गर्न सम्बन्धित निकायमा पुर्याउने र आफ्नो तर्फबाट हदैसम्मको प्रयास हुने राप्ती नगरपालिका कृषि शाखा अधिकृत बिजय डल्लाकोटिले आश्वासन दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*