काभ्रेमा सार्वजनिक सवारी साधन सञ्चालन

तामसालिङ खबर
२९ भाद्र २०७७, सोमबार १०:३८

भदौ, धुलिखेल – कोरोना भाइरस संक्रमण रोकथम र नियन्त्रणको लागि भन्दै काभ्रेमा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएकोमा आजबाट सञ्चालन भएको छ । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर निजी तथा सार्वजनिक यातायातका साधन चल्ने दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले जानकारी दिए । ‘पूर्वमा मंगलटार, उत्तर पूर्वमा दोलालघाट र उत्तर पश्चिममा बनेपा बासपार्क क्षेत्रभित्र चल्न पाउने निर्णय भएका छ ।’

प्रमुख जिल्ला अधिकारी पोख्ररेलले भने, ‘राजधानी प्रवेश गर्ने काभ्रेका सबै नाका बन्द रहेकाले जिल्लाभित्र मात्रै सवारी साधन चल्न दिने निर्णय पनि भएको छ ।’ कोरोना भाइरस संक्रमणको दर घट्दै गएपछि सवारी साधान सञ्चालन गर्ने निर्णय भएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*