जुडो संघको आयोजनामा शनिबार रक्तदान हुने
भदौ, हेटौडा – मकवानपुर जुडो संघको आयोजनामा शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । कोरोनाको महामारीको बिचमा रगत अभावले गर्दा विरामीले समयमै उपचार पाउन नसकेकाे खबरलाई मध्यनजर राख्दै संघले भोलि शनिबार बिहान रक्तदान गर्ने भएको हो ।
संघले हेटौंडा उपमहानगरपालिका – १ मा रहेको रक्त संचार केन्द्र (ब्लड बैङ्क) मा कार्यक्रम आयोजना गर्ने भएको हो । रक्तदान कार्यक्रम बिहान ७: ३० बजे देखि शुरु हुने संघका अध्यक्ष सबिन मोक्तानले जानकारी दिनुभयो ।