सुनको मूल्य घट्यो
भदौ, काठमाडौं – सुनको भाउ बुधबार प्रतितोला १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको थियो ।