कोरोनाबाट थप ७ जनाको मृत्यु

तामसालिङ खबर
१५ भाद्र २०७७, सोमबार १८:१४

भदौ, काठमाण्डौ – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३ महिला र ४ पुरुष गरी थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीकी ४ बर्षीया बालिका, गोर्खाकी ६५ वर्षीया महिला तथा रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो।

यस्तै झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो।
यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*