उपत्यकामा ९५० शैयाको एकीकृत क्वारेन्टाइन सञ्चालनमा आउने

तामसालिङ खबर
८ भाद्र २०७७, सोमबार ०८:३५

भदौ, काठमाडौं – वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबार काठमाडौँ उपत्यकामा ९५० शैया भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइँदै छ ।

मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ९५० जना तत्काल बस्ने गरी एकीकृत क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

काठमाडौँंको सामाखुशी र कीर्तिपुरमा रहेको राधा स्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने छ । त्यसैगरी जावलाखेलमा रहेको प्रशासनिक प्रशिक्षण केन्द्र स्टाफ कलेजमा एक सय र चाँगुनारायण नगरपालिकाको तेलकोटा भवनमा ५० जनालाई राखिने छ ।

सामाखुशीमा रहेको राधा स्वामी व्यास केन्द्रमा यसअघि होल्डिङ सेन्टर सञ्चालन गरिएकोमा अब एकीकृत क्वारेन्टाइन सञ्चालन गर्न लागिएको हो । सो स्थानमा नेपाली सेनाले अहिले पनि सुरक्षा दिइरहेको छ ।

मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार सरकारले छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थानको पहिचान गरिनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*