मनहरीमा २० शैयाको आइसोलेसन वार्ड संचालन

तामसालिङ खबर
६ भाद्र २०७७, शनिबार १८:१२

भदौ, मनहरी – मकवानपुरको मनहरी गाउँपालिकाले वडा कार्यालय हटाएर २० बेडको आइसोलेसन वार्ड सञ्चालन गरेको छ । पूर्वपश्चिम राजमार्गका नजिकै रहेको ८ नं वडा कार्यालयलाई आवश्यक पूर्वाधारहरूको जोहो गरी आइसोलेसन वार्डमा परिणत गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

सञ्चालनमा आइरहेको ८ नं वडा कार्यालयलाई भने अर्काे व्यवस्था नभएसम्मका लागि नजिकै रहेको महेन्द्रकिरण माध्यमिक विद्यालय स्रोत केन्द्र भवनमा सारिएको छ । कम्पाउण्ड व्यवस्थासहितका व्यवस्थित भवन आइसोलेसनका लागि उपयुक्त भएकाले गाउँपालिकाको निर्णय बमोजिम आइसोलेसन निर्माण गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । आइसोलेसन व्यवस्थित गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समितिलगायत निकायहरूबाट सहयोग प्राप्त भएको छ ।

हालसम्म मनहरी गाउँपालिकामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । १३ जना कोरोनालाई जितेर घर फर्की सकेका छन । उनिहरु मध्य ९ जना ससक्रिय संक्रमितहरुको आईसोलेसनमा उपचार भइरहेको छ ।

जसमा ८ जना गाँउपालिकाले नै निर्माण गरेको सिम्पानी आईसोलेसनमा रहेका छन अर्का एक जना हेटौडामा रहेको आईसोलेसनमा उपचाररत रहेका छन। गाउँपालिकामा रहेका संक्रमितलाई गाँपालिकाकै स्वास्थ्यकर्मीले रेखदेख गरीरहेका छन ।

पछिल्लो समय आइसोलेसन वार्ड नहुँदा हेटौँडाका कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भइरहेका छन् । मनहरी गाउँपालिकामा पीसीआर परिक्षण बृद्धि हुँदै गइरहेको अबस्थामा अब थप हुने संक्रमितहरुलाई मनहरीकै आइसोलेसनमा राखेर सेवा दिने तयारी भएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताउनुभयो । आईसोलेसनमा बस्ने संक्रमितहरुलाई खानेकुराको ब्यवस्थापन पनी गाउँपालिकालेनै गर्ने अध्यक्ष उप्रतीले बताउनुभयो ।

यस्तै गाउँपालिकाले ३ स्थानमा क्वारेन्टाइन निर्माण गरी पीसीआर जाँचपछि मात्रै विदेशबाट आएका नागरिकहरुलाई घर पठाउने गरिरहेको छ । अहिले १९ जना ब्यक्तीहरु क्वारेन्टाईनमा रहेका छन । क्वारेन्टाईन र आइसोलेसनमा बस्ने ब्यक्तीहरुकोलाई गाउँपालिकाका कुखुरा ब्यवसायीहरुले हप्ताको २ छाक कुखुराको मासुको ब्यवस्था गरीदिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । बिपतको बेला यो सहयोग अमुल्य रहेको उहाँको भनाई छ ।

यसैबीच गाउँपालिकाले आगामी भदौ ९ गतेसम्म मनहरी गाउँपालिका भित्रका सबै पसल तथा व्यवसाय बन्द गर्न निर्देशन गरेको छ । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको गत शनिबार बसेको बैठकले स्वास्थ्य सेवा प्रबाह गर्ने बाहेक सबै पसलहरु बन्द गर्न भनेको हो ।

निषेधाज्ञाका बेला हिँडडुल गरेमा वा व्यापार गरेको पाइएमा सरुवा रोग नियन्त्रण ऐन बमोजिम कारबाही अघि बढाउने निर्णय समितिले गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*