मनहरी ५ को ७४ वर्षीय बृद्धमा कोरोना पुष्टी

तामसालिङ खबर
५ भाद्र २०७७, शुक्रबार ०९:२०

भदौ, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड ल्याबमा गरिएको परिक्षणमा मनहरी वडा नम्बर ५ का ७४ वर्षीय बृद्धमा संक्रमण पुष्टि भएको हो । उनी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन ।

बिरामीको स्वास्थ्य स्थिति विवरण र बिरामी वडा ५ को भनिएको छ, कुन ठाउँ पट्टीको हुन् त्यसबारे अस्पतालका स्वास्थ्यकर्मी संग बुझ्दै छु ।, मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा भदौ ४ गते बिहीबार राती १२ बजेसम्मको नतिजा अनुसार ३ सय ६ जनाको पछिल्लो पटक परीक्षण भएकोमा २६ जनामा कोरोना पुष्टी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*