सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनईबाट

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार ०७:५८

भदौ, काठमाडौं – ब्रुनईको ख्यातिप्राप्त सियामली रेमिट्यान्स (SIAMMALI Remittance) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौता सँगै ब्रुनईमा रहेका नेपालीहरुले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

यो सेवाबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियामली रेमिट्यान्सका निर्देशक सेरुजी वीनले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*