नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १९:३७

भदौ, काठमाण्डौ – मुलुकभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*