‘भीमफेदी-कुलेखानी सुरुङमार्ग’को लागि अन्तर्राष्ट्रिय बोलपत्र आव्हान
भदौ, काठमाडौं – बागमती प्रदेश सरकारको गौरव आयोजना ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ परामर्श सेवाको लागि अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको छ ।
प्रदेश मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने हेटौंडा-काठमाडौं छोटो मार्ग अन्तर्गत् सुरुङमार्ग निर्माण गर्न परामर्श सेवाका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरिएको हो ।
संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत बजेटमा समेत प्रदेश सरकार सँग सहकार्य गरी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने उल्लेख गरेको थियो ।
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा गत ५ जेठमा प्रदेशको मन्त्रिपरिषद्ले लगानी गर्न संघीय सरकारलाई प्रास्ताव गर्ने निर्णय गरेको थियो ।
सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्गसहित अन्य दुई स्थानमा सुरुङमार्ग र सडक स्तरोन्नतीसमेतका लागि ६ अर्ब ४२ करोड छुट्याएको छ । प्रदेश सरकारले २ वर्षदेखि सुरुङमार्ग निर्माणलाई प्रदेश गौरवको आयोजनामा राखेको छ ।