नेपालमा एकैदिन १ हजार १६ जनामा संक्रमण पुष्टी

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार १६:५७

भदौ, काठमाडौं – नेपालमा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा अहिले सम्मकै धेरै जना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।

त्यस्तै, कोरोनाको निको भै ८५ जना घर फर्किएका छन् । यो संगै कोरोना निको भएर घर फर्कनेको संख्या १७ हजार ५८० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*