झण्डा जलाएको भिडियो सार्बजनिक भएपछि चौतर्फी चर्को बिरोध
भदौ, हेटौंडा (बागमती) – मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको ‘देशद्रोही’ म्युजिक भिडियो प्रति अहिले सामाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ । ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको भिडियोमा नेपालका बाहुन-क्षेत्रीलाई गाली गर्दै राष्ट्रिय झण्डा समेत जलाएको देखाइएको छ ।
भिडियोमा नेपालको बाहुन-क्षेत्री शरणार्थी भन्दै नेपालका पूर्वराजा पृथ्वीनारायण शाह, ज्ञानेन्द्र शाह, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको तस्विर जलाईएको देखाएको छ ।
म्युजिक भिडियोमा लाइक भन्दा डिस्लाइक हजारौँ गुणा बढी आएको छ । सोमबार सार्वजनिक गरिएको भिडियोलाई हालसम्म भिडियोमा कमेन्ट गर्ने अधिकांशले यस्तो भिडियोले जातीय विद्वेष ल्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।