सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टी

ताम्सालिङ खबर
१ भाद्र २०७७, सोमबार १८:३८

भदौ, काठमाण्डौ – नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ ।

त्यस्तै, कोरोनाको संक्रमण मुक्त भै १ सय ६० जना घर फर्किएका छन् । हाल सम्म कोरोना निको हुनेको संख्या १७ हजार ७ सय ९५ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*