नेपाल प्रहरीका दुई डिआइजीलाई कोरोना संक्रमण

तामसालिङ खबर
१ भाद्र २०७७, सोमबार ०७:१५

भदौ, काठमाडौं – नेपाल प्रहरीका प्राविधिकतर्फका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

गत बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएकामा दुवै डिआइजीमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । हाल दुवै जनाको सोही अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारसम्म प्रधान कार्यालयभित्र मात्रै १ सय ५५ जनामा संक्रमण देखिएको छ भने प्रधान कार्यालयबाहेक काठमाडौं उपत्यकाका अन्य स्थानमा ३० जना प्रहरीहरूमा संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी, अइतबार साँझसम्म देशभर गरी ६ सय २० जनामा संक्रमण पुष्टि भएकामा २ सय ४० जना उपचारपछि निको भएर काममा फर्किएको र ३ सय ८० जना उपचाररत रहेको प्रहरी प्रवक्ता कडायतले जानकारी दिएका हुन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*