राक्सिराङको दुइ स्वास्थ्यचौकी बन्द

तामसालिङ खबर
३२ श्रावण २०७७, आईतवार १९:१८

साउन, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउपालिकाको २ स्वास्थ्य चौकीको आकस्मिक बाहेकका सबै‌ सेवा बन्द गरिएको छ ।

कैलाश गाउपालिकाको कोरोना संक्रमित महिला उपचारका लागि राक्सिराङ आएको पाइएपछि स्वास्थ्य चौकी बन्द गरि कर्मचारीको पिसिआर टेस्ट गर्न लागिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिजय कापरिले जानकारी दिए ।

राक्सिराङ स्वास्थ्य चौकी चैनपुर र सरिखेत स्वास्थ्य चौकी सरिखेत केहि दिनका लागि बन्द गरिएको हो । सरिखेतका कर्मचारि चैनपुरको स्वास्थ्य चौकीमा आवतजावत गरिएकाले सो स्वास्थ्य केन्द्र पनि बन्द गरिएको कापरिले बताए ।

स्वास्थ्य चौकिका कर्मचारीहरुको सोमबार पिसिआर टेस्टका लागि स्वाब संकलन गरिने उनले बताए । हाल होम क्वारेन्टाइन मा बसेका कर्मचारीको रिपोर्टका आधारमा थप निर्णय गरिने गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । – बुलबुल खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*