वडाअध्यक्ष कोइरालाले फोटो पत्रकार समुहलाई स्वास्थ्य सामग्री सहयोग

तामसालिङ खबर
३१ श्रावण २०७७, शनिबार २२:०४

साउन, हेटौडा – राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरलाई हेटौँडा उपमहानगरपालिका वडा नम्वर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

वडा अध्यक्ष कोइरालाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै केएन ९५ मास्क र ह्याण्ड सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएका हुन् ।

उनले जोखिमका बेला ज्यानको बाजी थापेर सूचना सम्पेसणका लागी अहोरात्र खटिने पत्रकारलाई कोरोनाका जोखिम बढी हुने भएकोले आफुले सानो सहयोग गरेको बताएका छन् ।

आवश्यक पर्दा पछिका दिनहरुमा पनि पत्रकारलाई आवश्यक सहयोग गर्न आफु तत्पर रहेको अध्यक्ष कोइरालाले बताए । समूह मकवानपुरका अध्यक्ष कपिल खड्काले सहयोय स्वरुप प्राप्त भएको स्वास्थ्य सामग्री फोटो पत्रकार समूहका क्रियाशिल सदस्यहरुलाई वितरण गरिने जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, सहयोगी मन नेपालका अभियान्ता केदारप्रसाद चौलागाईँ र समूहका सल्लाहकार रामशरण दुलाललगायको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*