कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या १ सय २ पुग्यो

तामसालिङ खबर
३१ श्रावण २०७७, शनिबार १८:१७

साउन, काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एक-एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषकाे उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको  हो ।

धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षका पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको प्रवक्ता गाैतमले बताए । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*