घरमाथिबाट ढुङ्गा खस्दा ४ जनाको मृत्यु

तामसालिङ खबर
१७ श्रावण २०७७, शनिबार ११:००

साउन, गुल्मी – अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा शुक्रबार साँझ करिब साढे ७ बजेको समयमा घरमाथिबाट ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

घटना शुक्रबार राति करिब साढे सात बजेको हो । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*