हास्यकलाकार हरिबंश आचार्यको गाइजात्रा गीत सार्वजनिक

तामसालिङ खबर
१६ श्रावण २०७७, शुक्रबार ११:५४

साउन, काठमाडौं – हास्यकलाकार हरिबंश आचार्यको गाइजात्रा गीत सार्वजनिक भएको छ । हरिबंश आचार्यकै स्वरमा ‘तिमी के-को जान्ने, तिमी के-को सुन्ने, म पो जान्ने सुन्ने‘ बोलको गाइजात्रा गीत बिहिबार युट्युबमा सार्वजनिक भएको हो ।

सो गीतमा शब्द र सङ्गीत हरिबंशकै रहेको छ । गीतमा राजनीतिक व्यङ्ग्य गरिएको छ । भिडियोमा हरिबंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, लगायतको अभिनय रहेको छ । भिडियोलाई सागरराज शर्माले निर्देशन र सुशिल न्यौपानेले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*