राष्ट्रिय खेलकुद परिषदको सदस्यमा ६ जना मनोनित
साउन, काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६ जना सदस्य मनोनीत गरेका छन् । सदस्य सचिव सिफारिस समितिमा रहेका इन्दिरा निरौला र रिमबहादुर रानाभाट सहित ६ जना सदस्यमा मनोनीत भएका छन् ।
यसैगरी सम्बन्धित खेल संघको सिफारिसमा अर्जुन केसी, सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ मनोनित भएका छन् । मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ (ठ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञको कोटाबाट रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गरेको हो ।
उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेश कुमार सिलवाललाई बुधबार पद तथा गोपनीयताको सपथ तथा पदभार ग्रहण गरेका थिए ।