भीमफेदीमा किसानलाई अनुदानमा कृषि उपकरण वितरण
असार, हेटौंडा (भीमफेदी) – मकवानपुरको भीमफेदी गाउँपालिकाले कृषकहरुलाई ट्याक्टर लगायत विभिन्न कृषि उपकरण वितरण गरेको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर, ह्याचरी मेसीन, मकै, चामल, मसला पिस्ने मेसिन, मकै छोडाउने, फल टिप्ने, भुसा काट्ने, आलु खन्ने मेसिन लगायतका विभिन्न कृषि उपकरण वितरण गरेको हो ।
गाउँपालिकाले ३ वटा कृषि सहकारी संस्थालाई पुर्ण अनुदानमा ह्याचरी मेसीन प्रदान गरेको हो भने अन्य ६५ जना कृषकलाई मागका आधारमा ६० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सौगात गौतमले बताए ।
गाउँपालिकाले कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत पुर्ण अनुदानमा ३ वटा कृषि सहकारी संस्थालाई एकलाख ५० हजार दरका ह्याचरी मेसीन प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाले ६० प्रतिशत अनुदान अन्तरगत ३० जनालार्इ सात एम्पीएरको हाते ट्याक्टर, ४ जनालाई कम्बाईन राईस मील, ७ जनालाई डिस्क मील, ३ जनालाई ब्रस कटर, ( झार काट्ने तथा मकै गोड्ने मेसीन), ७ जनालाई च्याप कटर (भुस्सा काट्ने मेसीन), ५ जनालाई के्रन टेलर (मकै छोडाउने मेसीन), ७ जनालाई फ्रुट हार्बेसर (फल टिप्ने मेसीन) र २ जनालाई पोटेटो टिगर (आलु खन्ने मेसीन) प्रदान गरेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि यान्त्रीकिकरणका लागि २० लाख रमक छुट्याएको र सोहि रकमबाट गाउँपालिकाले कृषि उपकरण वितरण गरेको हो ।