अमेरिकामा एकैदिन सर्वाधिक कोरोना संक्रमित थपिए

तामसालिङ खबर
२७ असार २०७७, शनिबार १०:५१

असार, वासिङटन – अमेरिकामा एकैदिन हाल सम्मकै सर्वाधिक ७१ हजार ३५५ जना कोरोना संक्रमित थपिएका छन ।

वल्डमिटर्सका अनुसार यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२७ जनाको ज्यान गएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ पुगेको छ ।

कुल संक्रमित मध्ये १४ लाख ५४ हजार २८५ जना उपचारपछी घर फर्किएका छन । उपचार गराइरहेका १७ लाख ७५९ जनामध्ये १५ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*