फेरि बढ्यो इन्धनको मूल्य
असार, काठमाडौं – नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । असार १६ गते मूल्य बढाएको निगमले १० दिनपछि पुनः इन्धनको मूल्य बढाएको हो ।
निगमले शुक्रबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य वृद्धि गरेको छ । यसअघि १० दिन अघि पेट्रोल लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाएको थियो । शुक्रबार मध्यरातबाट अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको छ ।
आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अब डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ पुगेको छ । निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।