थप १ सय १८ जनामा कोरोना पुष्टी, १ सय २० जना संक्रमण मुक्त

ताम्सालिङ खबर
२६ असार २०७७, शुक्रबार १८:५९

असार, काठमाडौं – नेपालमा बितेको २४ घण्टामा १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।

शुक्रबार मात्र थप १ सय २० जना संक्रमणमुक्त भई घर फर्केका छन् । यो सँगै निको हुनेहरुको संख्या ८ हजार ६ सय २० जना पुगेको छ ।

नयाँ संक्रमितहरु सबैभन्दा धेरै बागमती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा शुक्रबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बरमा २ मा २० जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश नम्बर ५ मा १२, कर्णाली प्रदेशमा १५ जना र सुदुरपश्चिम प्रदेशमा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हालसम्म ३५ जनाको निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*