गैर-प्रयोगशालाकर्मीलाई काममा लगाएकोमा मेलानको ध्यानाकर्षण

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार ०७:५४

असार, काठमाडौं – कोरोना भाइरस परिक्षण रिपोर्टको गुणस्तरीयता माथि प्रश्न उठिरहेको बेला प्रचलित ऐन कानुन विपरित गैर प्रयोगशालाकर्मीहरुलाई कोभिड–१९ प्रयोगशालामा काममा लगाइएको भन्ने देशव्यापि रुपमा गुनासो आइरहेको सम्बन्धमा मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल ९मेलान० केन्द्रीय समितिले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को गम्भिर ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्य प्रयोगशाला सेवाको गुणस्तर सुधार गर्न तथा समायानुकल थप प्रभावकारी बनाउनको लागि लाइसेन्सिङ्ग परीक्षा प्रणाली अविलम्ब लागु गर्न, शैक्षिक संस्थाहरुको पारदर्शी अनुगमन र मापदण्ड नपुगेका संस्थाहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन, विद्यमान परिषद् ऐन संशोधन गर्न, स्वास्थ्यकर्मीहरुको लागि जारी ऋयमभ या भ्तजष्अक को पालना गर्न, हजारौं संख्यामा रोकिएर बसेका स्थायी प्रमाणपत्र यथाशिघ्र वितरण गर्न लगायतका विषयमा परिषद्को ध्यानाकर्षण गराईएको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताएका छन्, ।

परिषद्का रजिष्ट्रार पुष्प खनालले मेलानद्वारा उठाइएका मुद्दाहरुको यथाशिघ्र सम्बोधन गर्ने र आगामी दिनहरुमा प्रयोगशालासँग सम्बन्धित विषयबस्तुहरुमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको कुरा मेलानका केन्द्रीय महासचिव रेशम अधिकारीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*