आजबाट सार्वजनिक सवारी साधन चलाउन पाईने, ५० प्रतिशत भाडा वृद्धि

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार ०७:२४

असार, काठमाडौं – आजबाट सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

सरकारले उपत्यकाभित्रका जिल्लाहरू र अन्य जिल्लाको हकमा एक जिल्लाभित्र मात्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय गरेको हो । सार्वजनिक सवारी साधन बसमा ५० प्रतिशत थप भाडा र ट्याक्सीमा ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने छन् ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ । सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधिसमेत अपनाउनुपर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*