सिटिजन्स बैङ्कको ऋणपत्र नेप्सेमा सूचीकृत

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार ०७:०५

असार, काठमाण्डौं – सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६”लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार आयोजित एक विशेष समारोहका बीच उक्त समझदारी पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् । अबदेखि उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिने  छ ।

रु.२ अर्ब ५० करोड बराबरको रु १,०००/– अंकित मूल्यका २५,००,००० कित्ता “१०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६” मिति २०७६/११/२० गतेदेखि २०७६/१२/०४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋण पत्र बिक्री भएको थियो ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*