व्याज र किस्ताको रकम तिर्न ताकेता गरिएको भन्दैं हेटौंडामा शुक्रबार दवावमुलक प्रदर्शन हुने
असार, हेटौडा – कारोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कारण मारमा परेका उद्योगी र व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र व्याज रकम तिर्न ताकेता गरिएको अवस्थामा मकवानपुर उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायीले शुक्रबार हेटौंडामा प्रदर्शन गर्ने भएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेल, होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, पुरानो नारायणी यातायात व्यवसायी कम्पनिका महासचिव सरोज खनाल, निर्माण व्यवसायी संघका सागर भट्टराई, प्याव्सन मकवानपुरका विनोद सुुवेदी, एनप्याव्सन मकवानपुरका नारायण राजथला, नारायणी यातायात कम्पनि प्रा।लिका माधव अधिकारी, सार्वजनिक यातायातका ज्ञानेन्द्र कार्की सहितको संघर्ष समिति गठन गरिएको छ ।
संघको आधिकारिक फेसबुकमा विरोध प्रदर्शनको लागि उपस्थिती हुन सुचना समेत गरिएको छ । संकटका उद्योग र व्यवसायी धरासयी रहेको बेलामा बैंक तथा वित्तीय संस्थाले दिइरहेको समस्याको विरुद्ध प्रदर्शन गर्न लागिएको संघका अध्यक्ष कटुवाल बताए ।