नेपालमा थप १ सय ८ जनामा संक्रमित पुष्टी

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार १६:४५

असार, काठमाडौं – नेपालमा बिहीबार थप १ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप १ सय ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितको कूल संख्या १६ हजार ५ सय ३१ जना पुगेको गौतमले बताए ।

त्यस्तै बितेको २४ घण्टामा थप १ सय ३९ जना कोरोनाभाइरस संक्रमणबाट निको भई घर फर्केका छन् । कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८ सय ९१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*