पार्टीको कदमविरुद्ध सर्वोच्च अदालत जान्छु – सरिता गिरी
असार, काठमाडौं – समाजवादी पार्टीले कारवाही गरेकी सरिता गिरीले पार्टीको कदमविरुद्ध अदालत जाने प्रतिकृया दिएकी छिन् । पार्टीले गरेको निर्णय वैधानिक नरहेको भन्दै सांसद गिरीले त्यसको विरुद्धमा आफू बुधबार (आज) नै अदालत जाने बताइन् ।
आफूलाई कारवाही गरेको विषय संघीय कानुन विपरित र संसदीय दलको विधानको धारा २६ विपरित रहेको पनि उनले दावी गरिन् ।
कुनै पनि सांसदलाई कारवाही गर्न संसदबाट निर्णय हुनुपर्ने दाबी गर्दै उनले संसदले सिफारिश गरेको आधारमा पार्टीको केन्द्रीय समितिले मात्र कारवाही गर्न सक्ने प्रष्ट पारिन् । तर राजपा नेपालसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनिसकेको छ र केन्द्रीय समिति भंग भइसकेको उनको भनाइ छ ।