मनहरीमा कारको ठक्करबाट एक जनाको मृत्यु

तामसालिङ खबर
२३ असार २०७७, मंगलवार ०७:०४

असार, हेटौंडा(मनहरी) – मकवानपुरको मनहरी गाउपालिका – ७ बिजौनामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–नारायणगढ सडक खण्ड अन्तरगत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । सोमबार बेलुकी करिव ९ बजेतिर ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा २१ च ६६४२ नम्बरको कारले उनलाई ठक्कर दिएको रानाले वताउनुभयो । कार र चालक प्रहरी नियन्त्रणमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*