नेपालमा कोरोनाको सक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

तामसालिङ खबर
२३ असार २०७७, मंगलवार ०६:४८

असार, हेटौंडा – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाग्लुङ निसिखोला गाउँपालिका ३ स्थायी ठेगाना भएका २९ वर्षे एक पुरूषको मृत्यु भएको  हो ।

उनको असार २१ गते मृत्यु भएको हो । उनी ढोरपाटनको क्वारेन्टिनमा थिए । उनी केही समय अघि भारतबाट क्षयरोगको उपचार गराइ नेपाल फर्केका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*