मिष्टर एण्ड मिस चितवन एसईइ शुरु, विजेता अन्तराष्ट्रिय प्रतियोगितामा जान पाउने
असार, चितवन – चितवनमा मिष्टर एण्ड मिस चितवन एसइइ २०२० सुरु भएको छ । अनलाइन अडिसन वाट छनोटमा परेका १० जना सहभागि सहित कार्यक्रम सुरु भएको आयोजक सस्था मञ्जरी नेपालका अध्यक्ष बिशाल एच आलले बताउनु भयो । अनलाइन अडिसनमा आएका करिब २ सय ५० जना मध्ये १० जनालाइ मात्र अन्तिम प्रतियोगितामा सहभागी गराइएको हो ।
कार्यक्रममा उपाधि विजेतालाइ आउदो अप्रिल २०२१ मा म्यानमारमा आयोजना हुने लिटिल मिस एण्ड मिष्टर वल्र्डमा सहभागिताको अवसर रहेको छ । साथै निशुल्क छात्रवृत्तिको अवसर, विभिन्न पुरस्कार सहित अन्य २ जना रनर अप छनोट गरिने कार्यक्रमका निर्देशक ओमश्री रामदामले बताउनु भयो ।
सन २०१७ बाट सुरु भएको प्रतियोगिताको यो चौथो सस्करण हो । प्रतियोगिता ४५ दिन सम्म चल्ने कार्यक्रमकी अध्यक्ष अञ्जु श्रेष्ठले बताउनु भयो ।