मदन भण्डारी फाउण्डेशनद्वारा कोषमा पाँच लाख

तामसालिङ खबर
१५ असार २०७७, सोमबार ०४:१०

असार, काठमाण्डौ – मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु पाँच लाख हस्तान्तरण गरेको छ ।

जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा संघिय लोकतान्त्रिक गणतन्त्र’ विषयको छलफल कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले सो रकम बराबरको चेक हस्तान्तरण गर्दै मदन भण्डारीले आलोचनात्मक विश्लेषणलाई अत्यन्त विश्वास गर्नुभएको र नेता ओलीले त्यसलाई अघि बढाएको बताए ।

यस वर्ष कोरोना महामारी र बन्दाबन्दीका कारण अन्य सार्वजनिक कार्यक्रम नगरिएको र विभिन्न चेतनामूलक र वातावरण संरक्षणसम्बन्धी साताव्यापी कार्यक्रम गरेर जननेताको जन्मजयन्ती मनाइएको बताए ।

फाउण्डेशनका सचिव पेम्बा लामाले यस वर्ष फाण्डेशनले प्रदान गर्ने पुरस्कार पनि स्थगन गरिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*